अमित सुनारको ‘आच्छा लाहुरे’ मा शान्तिश्री र रेशम राजको आवाज

  • कालिका खवर
  • बिहिबार, साउन १८, २०८०
  • जनक समीर

    काठमाडौं । कलाकार अमित सुनारको शब्द सिर्जनामा नयाँ गीत आच्छा लाहुरे सार्वजनिक भएको छ । कलाकार रेशम राज सुनारले उक्त गीतलाई सार्वजनिक गरेका हुन । प्रदेशी गायक रेशम र चर्चित गायिका शान्ति श्री परियारको आवाजमा रहेको ‘आच्छा लाहुरे’ गीत बुधवारदेखि सार्वजनिक भएको हो ।

    आच्छा लाहुरेमा अभिनयसमेत रहेका सर्जक अमित सुनारको शब्द रहेको गीतको भाका नन्दु परियारले सिर्जना गरेका हुन । रेशम राज सुनार यूट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतको संगीत संयोजन भने एचबिएन किस्मतले गरेका हुन् । सो गीतको प्रोड्यूसर छविराज सुनार रहेका छन् । उनी हाल अमेरिका बस्दै आएका छन् ।

    गायक रेशम हाल जापानमा बस्दै आएका छन् । प्रदेशमा रहेर पनि नेपाली मौलिक गीतप्रति उनको निकै झुकाव देखिन्छ । यसअघि पनि रेशमका धेरै गीतहरु संगीत बजारमा आईसेका छन् । गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘आच्छा लाहुरे’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । ‘प्रदेशमा रहेर पनि नेपाली लोक तथा दोहोरी गीतको माया मार्न सकिएन । यसपालि ‘आच्छा लाहुरे’ गीत ल्याएको छु । मेरा अन्य सृजनालाई जस्तै दर्शकले मन मनाईदिनुहुनेछ’– गायक रेशमले भने ।

    ‘आच्छा लाहुरे’ निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीको निर्देशनमा तयार बनेको ‘आच्छा लाहुरे’ को भिडियोमा भने निक्स शर्मा, अमित सुनार, जुना गुरुङ र जुना सुन्दासलाई देख्न सकिन्छ ।

    Video Link:

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs