श्रमिक जनता पार्टीको संयोजकमा बराईली चयन

  • कालिका खवर
  • बुधबार, साउन २४, २०८०
  • काठमाडौं । श्रमिक जनता पार्टी पुनर्गठनभएको छ ।
    युवा नेता दुर्गा बराईलीको संयोजकत्वमा पार्टीको पुर्नगठन भएको पार्टी श्रोतले जनाएको छ । सो पार्टीको तत्कालीन अध्यक्ष लक्ष्मण बर्देवा अरु पार्टीमा प्रवेश गरेसँगै पार्टी पुनर्गठन भएको हो ।
    पार्टीले दुर्गा बराईलीको संयोजकत्वमा सुब्रती मन्सुरलाई सह संयोजक, पवन क्षितिजलाई प्रवत्ता तोकेको छ ।
    त्यस्तै कार्यलय सचिबको जिम्मेवारी सुजन सदाशंकरलाई प्रदान गरिएको छ भने केन्द्रीय सदस्यहरुमा बालकृष्ण गजमेर, किरण बर्देवा, उमेश सुनार, मिलन प्रसाईं, तोरनमान बराईली, सकिना खातुन, प्रदिपमान जोशी, विष्णु चौधरी, राधा अधिकारी, ऐजाज हुसेन, सङ्गिता परियार, बिक्रम दनुवार, नाजिर अन्सारी, माधव विश्वकर्मा, नर बहादुर सुनार, लक्ष्मी बि.क., मीन बहादुर परियार, गंगा लोहार, सुजाता शिवाकोटी, सुर्य गहतराज, पन्चमाया तामाङ, ईन्द्रमान बराईली, सुशील वि.क., अलाउदिन बैठा, मजरुल मन्सुर, अलिसेर मन्सुर, नरेन्द्र कार्की, महेन्द्र बि.क., हारुन अन्सारी चयन भएको छन् ।
    पार्टी पुर्नगठन भएसँगै जनजीविकाको सवालमा पार्टीका गतिविधीहरुलाई अगाडि बढाउँदै लैजाने र भ्रष्टाचार, अनियमितता, जनताको जनजीविकाका सवालमा आवाज उठाउदै अघि बढ्ने संयोजक दुर्गा बराईलीले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs