नवनियुक्त मन्त्री साहद्वारा पदभार ग्रहण

  • कालिका खवर
  • सोमवार, साउन २९, २०८०
  • काठमाडौँ । जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदभार ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

    पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतलाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताइन् । उनले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs