एक हप्ते चित्रकला प्रदर्शनी सुरु

  • कालिका खवर
  • आइतवार, भदौ ३, २०८०
  • काठमाडौं । रसियन हाउस अफ काठमाडौं र नेपाल रसिया आर्ट क्लवको संयुक्त आयोजनामा एक हप्ते चित्रकला प्रदर्शनीको रसियन हाउस, कमलपोखरीको प्रदर्शनी हलमा सुरु भएको छ ।
    प्रदर्शनीको उद्घाटन गर्दै रसियन हाउस अफ काठमाडौका निर्देशक एन्टोन मास्लभले नेपाल र रूसको सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउन यस्ता कार्यक्रमहरूले विशेष योगदान गर्ने बताउनु भयो । उहाँले रसियाको सांस्कृतिक प्रचलन ूमेन्टर्स एण्ड टिचर्सू का सन्दर्भमा यो प्रदर्शनीको आयोजना हुनु र नेपाली कलाका ‘मेण्टर’ देखि नव पुस्तासम्मले सहभागी हुन पाउनु सबैका निम्ति खुशीको विषय भएको बताउनु भयो ।
    प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका संस्थापक कूलपति किरण मानन्धर, पूर्व कूलपति के।के। कर्माचार्य, प्राज्ञ विजय थापा, प्राज्ञ सुष्मा राजभण्डारी लगायत वरिष्ठ देखि उदयमान कलाकारहरूको सहभागिता रहेको छ ।
    प्रदर्शनीमा सहभागी अन्य कलाकारहरूमा रत्नकाजी शाक्य, सुवास क्षितिज श्रेष्ठ, उमेश श्रेष्ठ, चन्दा श्रेष्ठ, गणेश जि।सी, रोशन प्रधान, प्रवीण श्रेष्ठ, शंकरसन श्रेष्ठ, रत्न शाक्य, पुजा महर्जन, प्रतिभा चौधरी, उन्नति जि।सी, सुधा खत्री, निराजन डिमडुङ, अञ्जलि मगर, सुनिल, वि। के। र सुजन वुढाथोकी रहेका छन् ।
    प्रदर्शित कलाकृतिहरू बारे नवोदित कलाकारहरूको जिज्ञासालाई सुप्रसिध्द कलाकार किरण मानन्धर लगायतका वरिष्ठ कलाकारहरूले सहजिकरण गर्नुभयो । त्यसैगरी प्रमुख अतिथिलाई आ(आफ्ना कलाकृतिकोबारेमा कलाकारहरूले बताएका थिए ।
    प्रदर्शित कलाकृतिहरूले नेपाल रूस सम्बन्ध लगायत वातावरण, प्रकृति र संस्कृतिका विविध आयामलाई समेटेको मित्रकुञ्जका सचिव साहित्यकार रामविन्दु श्रेष्ठले बताउनु भयो ।
    नेपाल रसिया आर्ट क्लवले आफ्नो स्थापनाकाल देखि नै यस्ता सृजनात्मक कार्यक्रमका साथ अघि बढिरहेको क्लबका अध्यक्ष सुष्मा राजभण्डारीको धारणा रहेको थियो ।
    आगामी भदौ ५ गते सम्म रहने प्रदर्शनीको उद्घाटन सत्रको संचालन नेपाल रसिया आर्ट क्लवका महासचिव गणेश जि.सी.द्वारा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs