
पुरानो कला,संस्कृति र समेटेर तयार गरिएकाे लाेक तीज गीत आमाले पकाएको दर बजारमा आएकाे छ ।चिरञ्जीवी अर्याल अफिसियल युट्युव च्यानलमार्फत लाेक तीज गीत आमाले पकाएको दर बजारमा आज देखि आएकाे हो
आफ्नो जन्मभुमीमा रहेका कला, धार्मिक आस्था,संस्कृति, भुगोल र तीज गीत आधारित भएर ऊठान गरीएका बिषय बस्तुलाई सबैजनाले एऊटा उत्कृष्ट तीजगीतको म्यूजीक भीडीयो मार्फत सहजै जतीबेलापनी र जुनठाऊमा रहेर पनी हेर्न सकिने गीतका गायक तथा संयोजक चिरञ्जीवी अर्यालले बताए ।
गीतमा राष्ट्रीय गायिका समझना लामिछाने तथा गायिका सविना लामा र पार्वती ज्ञावलिकाे स्वर रहेको छ। गायक अर्याल को आफ्नै शब्द, लय संगीत रहेको गितमा अभीनयको भूमिकामा आशिष सुनार र शान्ति मगरकाे अभिनय रहेको छ।