कति अवधिको यौन सम्पर्क उचित ?

  • कालिका खवर
  • बुधबार, भदौ ६, २०८०
  • एजेन्सी । के यौनसम्पर्कको पनि अवधि हुन्छ ? कति अवधिसम्म यौनसम्पर्क गर्नु राम्रो हुन्छ त ? धेरै जसो पुरुषहरु आफ्नो सेक्स समयका बारेमा बढाईचढाई गरेर गफ गरिरहेका हुन्छन् । क्यानेडीयन तथा अमेरीकन केही सेक्स थेरापिस्टहरुले यस सम्बन्धमा नयाँ अनुसन्धान गरेका छन् ।

    अध्ययनको नतिजा अनुसार १ देखि २ मिनेट मै यौनसम्पर्क टुङगाउने क्रमलाई धेरै कमसमयको यौनसम्पर्कका रुपमा लिइएको छ ।

    यस्तै ३ देखि ७ मिनेटसम्म लगातार गरिने सेक्स अवधिलाई भने पर्याप्त सेक्स तथा ७ देखि १३ मिनेटसम्मको सेक्स सबैभन्दा उत्तम मानिएको छ । यदि कोही जोडी आधा घण्टासम्म सेक्स गर्छन् भने त्यो आवश्यकता भन्दा बढि हुने पनि अध्ययनको निष्र्कष छ ।

    एक विज्ञका अनुसार सेक्सका क्रममा पुरुष आफ्नो पाटर्नरबाट धेरै प्रकारका अपेक्षाहरु राख्ने गर्दछन् । यो हुनुमा पोर्न फिल्म, टिभी तथा अन्य कामुक पुस्तकको प्रभाव कारक रहेको विज्ञहरुको भनाई छ ।

    वास्तवमा पोर्न फिल्महरु अत्याधिक रुपमा नाटकी हुन्छन् जसले मानिसको मनमा एक प्रकारको तरंग नै उत्पन्न गराइदिने गर्दछ । वास्तविक यौन जीवन र पोर्न फिल्ममा देखाइने यौनक्रियाकलापका बारेमा कुनै तुलना नै हुन नसक्ने विज्ञहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs