नरेश खातीको नयाँ गीत ‘परान पियारा’ सार्वजनिक (भिडियो)

  • कालिका खवर
  • बिहिबार, भदौ ७, २०८०
  • काठमाडौं । गायक नरेश खातीको नयाँ गीत ‘परान पियारा’ सार्वजनिक भएको छ । पछिल्लो समय चर्चामा आएकी नवकलाकार सिमरन परियार र नरेश खातीको स्वरमा रहेको ‘परान पियारा’ गीत सार्वजनिक भएको हो ।
    नरेश खातीकै शब्द र संगीत रहेको ‘परान पियारा’ गीतको भिडियोमा नरेश खातीसँगै मोडल उषा उप्रेती, नवराज शर्मा र योगेश थापाको अभिनय रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियो अर्जुन तिवारीको टिमले खिचेको हो ।
    ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलमार्फत् गत मंगलबार सार्वजनिक भएको गीतले सकरात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs