एसिया कप : पाकिस्तान र भारतसँग खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

  • कालिका खवर
  • सोमवार, भदौ ११, २०८०
  • एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान प्रस्थान गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले क्रिकेटर लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका हुन्।

    लामिछाने कतारको दोहा हुँदै पाकिस्तान पुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुन नेपाली टोली भदौ ५ गते राति पाकिस्तान प्रस्थान गरिसकेको छ।

    आइतबार अन्तिम सुनुवाइ हुने भनिएको लामिछानेको मुद्दा हेर्न नभ्याउनेमा परेपछि उनी आज पाकिस्तान गएका हुन्। लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ।

    प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली रहेको छ। टोलीमा कप्तान पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने रहेका छन्।

    त्यस्तै क्यानले करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सुन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाललाई टोलीमा समावेश गरेको छ।

    नेपालले पहिलो पटक एसिया कप खेल्दैछ। एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच हुनेछ भने भारतसँगको दोस्रो खेलमा श्रीलंकामा खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs