एमसीसीको विरोध गरेकै कारण मलाई चुनावमा हराइयो : झलनाथ खनाल

  • कालिका खवर
  • सोमवार, भदौ ११, २०८०
  • नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीविरुद्ध बोल्नेलाई चुनावमा हराउने ग्राण्ड डिजाइन गरिएको र त्यसको शिकार आफू भएको बताएका छन्।

    नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बृहत् अन्तर्क्रिया कार्यक्रममा खनालले तत्कालीन समयमा आफू एक्लैले सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चुनावमा हटाउने ग्राण्ड डिजाइन गरिएको बताए।

    सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनको भनाइ छ। खनालले उक्त सम्झौता संविधान र कानुनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि परियोजना मान्न जरुरी नरहेको बताए। उनले मुलुकको हित विपरित रहेका सम्झौताको विरुद्ध डटेर लड्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs