
काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा ब्यूरोको टोलीले काठमाडौँ उपत्यकाका १० ठाउँमा छापा मारेको छ ।
रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदामसहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले बताए ।