नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा चीन भ्रमण केन्द्रित छ : प्रचण्ड

  • कालिका खवर
  • मङ्लबार, भदौ १२, २०८०
  • काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको भ्रमणमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाई पुर्‍याउने बताएका छन्। मंगलबार संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा भ्रमण केन्द्रित रहेको जानकारी गराएका हुन्।

    उनले भ्रमणका क्रममा यस अगाडि भएका सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए। उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यापारलाई थप सहज बनाउने दाबी गरे।

    प्रचण्डले सीमा नाका सञ्चालनलाई प्रभावकारी बनाउनुका साथै नयाँ नाका खोल्ने विषयमा छलफल हुने जानकारी दिए। उनले मुगुमा पनि नाका खोल्ने विषयमा छलफल हुने बताए। उनले सडक, उर्जा, कृषि, विज्ञानका रुपान्तरणकारी क्षेत्रका परियोजनालाई प्राथमिकता राखेर छलफल गरिने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs