सुन तस्करीको थप प्रमाण जुटाउन एसएसपी दिनेश आचार्य हङकङ प्रस्थान

  • कालिका खवर
  • बुधबार, भदौ १३, २०८०
  • नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गर्नुभएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गर्नुभएको हो ।

    प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ ।

    गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो ।

    साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

    विभागले तीन हप्ता अनुसन्धान गरेर संगठित अपराध कसुरमा अनुसन्धान गर्न सीआईबीको जिम्मा दिएको थियो ।

    बरामद गरिएको ब्रेक शुभित्र रहेको सुन गालेपछि ६० किलो ७ सय १६ ग्राम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs