नेपालका प्राय, सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिने गरिन्छ । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ । कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको खानपान पनि हो । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ ।
यस्ता छन् फाइदाहरु:
१) यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वालो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ ।
२) यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने ठिक गर्छ ।
३) यसले वातरोगलाई निर्मूल पार्छ ।
४) यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।
५) यसले पुरुषहरुको विर्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।
६) राम्रोसँग पिसाब नआउने समस्या हल गर्छ ।
७) यसले आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।