
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो विद्रोको नेतृत्व गरेको स्मरण गर्दै अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने जिकिर गरेका छन् । शनिबार ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन गर्दै उनले शान्तिको नेतृत्व पनि आफूले गर्ने जिकिर गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भावुक हुँदै भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु । समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु ।’ आजदेखि सुरु भएको विशेष रुपान्तरण अभियानले माओवादी फेरि बलियो शक्ति बनाउने विश्वास लिएका छन् ।
उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ ।