श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।
आज मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो ।