मालबाहक सवारी क्षेत्रको लगानीको सुरक्षा राज्यले गर्नुपर्छः महानिर्देशक रिजाल

  • कालिका खवर
  • बुधबार, भदौ २७, २०८०
  • काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका नव नियुक्त महानिर्देशक उद्धवप्रसाद रिजालसँग भेट गरेको छ ।
    भेटका क्रममा महासंघ प्रतिनिधिमण्डलले महानिर्देशक रिजाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको विविध समस्याहरु बारेमा जानकारी दिँदै समाधानका लागि महानिर्देशक रिजालको ध्यानाकर्षण समेत गरिएको नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीहरुको समस्या सुन्दै महानिर्देशक रिजालले आफू मालबाहक सवारी क्षेत्रका साथै समग्र यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको महासंघ महासचिव राजेन्द्र विक्रम बानियाँले बताउनु भयो । साथै समस्याहरुको समाधानका लागि व्यवसायीहरुसँग निरन्तर रूपमा सम्बादमा रह्ने समेत जनाउनुभएको छ यातायात क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक बुँदाहरू लिएर एउटै टेबलमा बसेर छलफलका लागि व्यवसायीहरु लागि आव्हान समेत महानिर्देशक रिजालले गर्नुभएको महासचिव बानियाँले बताउनु भयो ।

    भेटघाट कार्यक्रममा व्यवसायीहरुले भारतीय ट्रकहरूले निर्वाध नेपाल प्रवेश तथा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धारासायी हुने अवस्था आएको साथै सडक भत्केर राष्ट्रको लगानी डुभ्ने अवस्था आएको ट्रक पार्किङको व्यवस्था नहुदा दुर्घटना दिनप्रतिदिन बढ्दै गएको
    लगायत समस्याहरु राखेका थिए । विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित मालबाहक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भएपनि राज्यको स्पष्ट कानून नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको समेत जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs