बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे

  • कालिका खवर
  • शुक्रबार, भदौ २९, २०८०
  • एसिया कपकाे सुपर सिक्समा बङ्गलादेशकाे खेलमा भारतले टस जितेकाे छ ।

    काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।

    याे सुपर सिक्सकाे अन्तिम खेल हाे । एसिया कपकाे फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टाेलीकाे टुङ्गाे लागिसकेका कारण याे खेल धेरै महत्त्वकाे छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs