
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् ।
शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ ।