एन्टार्कटिक क्षेत्रका बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरे

  • कालिका खवर
  • शनिबार, भदौ ३०, २०८०
  • एन्टार्कटिक क्षेत्रको पश्चिमतर्फ रहेको बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरेका छन् । एम्परर प्रजातिका पेन्गुइनका बचेराहरु रहेको बरफ टुक्रिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    ती बचेराहरुमा समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास हुनुअघि नै मुनिको समुद्री बरफ पग्लिएपछि दुर्घटना भएको हो । बरफ टुक्रने घटना सामान्य भए पनि चाँडो भएकोले बचेराहरु मरेका हुन् ।

    एन्टार्कटिक अर्थात दक्षिणी गोलार्द्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन् । उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन् । ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयम्मा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन् । त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर/जनवरी महिनाको आसपास हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs