अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु : ओली

  • कालिका खवर
  • शनिबार, भदौ ३०, २०८०
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन् । शनिबार भक्तपुरमा विद्यार्थीहरूको अन्तरक्रियामा ओलीले फू अझै २० वर्ष सक्रिय रहने भन्दै आफू सक्रिय रहँदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा ब्यक्त गरेका हुन् । उनले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गरे ।

    त्यस्तै ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगायतका हिसाबले देश अत्यन्तै प्रतिकुल अवस्थामा रहेको बताएका छन् । उनले अव देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकोले युवाहरूले हस्तक्षेप गर्नुपर्ने बताए । ओलीले गठबन्धनका नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिँदा पनि सरकार मौन रहेको उल्लेख गरे ।

    अध्यक्ष ओलीले युवाहरूले देशमा हुने षडयन्त्रलाई समाप्त गर्ने देशको भूगोलको रक्षा गर्नुपर्ने बताएका छन् । आफूलाई अव्बल राजनीतिज्ञ भन्न नसकेपनि आफूले इमानका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने उनको भनाइ छ । ओलीले जनताले आफूलाई जेलबाट छुटाएर बिभिन्न पद हुँदै प्रधानमन्त्री सम्म बनाएको भन्दै जनताप्रति अत्यन्तै आदरभाव राख्ने धारणा बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs