एप्पलको आईओएस १७ का के–के छन् विशेषता ?

  • कालिका खवर
  • सोमवार, अशोज १, २०८०
  • एप्प्लले आज आईओएस १७ को स्टेबल भर्सन सबैको लागि साझा गर्ने भएको छ । बेटा प्रयोगकर्ताहरूले यसलाई पहिलेदेखि नै प्रयोग गर्दै आइरहेका छन् । कम्पनीले तीन महिनाअघि एक कार्यक्रममा यसबारे जानकारी दिएको थियो ।

    यसमा लाइभ भ्वाइस मेल, फेसटाइम मेसेज रेकर्ड गर्ने सुविधा, पर्सनलाइज्ड कन्ट्याक्ट पोस्टरसहित अन्य फिचरहरू पाइनेछ । यसमा हुने नेमड्रप फिचरको मद्दतले आईफोन प्रयोगकर्ताहरूले दुईवटा फोनलाई छेउमा लगेर कन्ट्याक्ट साझा गर्न सक्नेछन् । यस फिचरको मद्दतले नाम, मोबाइल नम्बर र ईमेल आईडी साझा गर्न सकिनेछ ।

    त्यस्तै, लाइभ भ्वाइस मेलको फिचरबाट प्रयोगकर्ताले फोन नउठाई कल गर्ने व्यक्तिको कुरा जान्न सक्नेछन् । लाइभ भ्वाइस मेल फिचर प्रयोग गर्न पहिलोपटक यसलाई सेटिङमा गरेर इनेबल गर्नुपर्ने हुन्छ । आईओएस १७ मा स्ट्यान्डबाई मोड पनि दिइएको छ । फोन चार्जिङ गर्दा ल्यान्डस्केप मोडमा राख्दा यो फिचर आफै सुचारु हुनेछ । यसो गर्दा डिस्प्लेमा समय, मितिको साथै विजेट लगायतको साथै रिमान्डरहरु बारे जानकारी दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs