बिग्रिएकाे दुधबरी बेच्ने टिपटप समाेसा पसललाई महानगरले २ लाख रुपैयाँ जरिबाना तिरायाे

  • कालिका खवर
  • सोमवार, अशोज १, २०८०
  • काठमाण्डाै महानगरपालिकाले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

    काठमाण्डाै महानगरपालिका वडा नम्बर १७ थहिटीमा रहेको टिपटप समोसा पसलमा अखाद्य वस्तु भेटिएकाे सूचना आएपछि महानगर अनुगमनमा गएको थियो । बजार अनुगमन समितिले अनुगमनका क्रममा अस्वच्छ र अखाद्य पदार्थ पाइएको भन्दै दुई लाख रुपैयाँ जरिबाना गराएको हो ।

    महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेका अनुसार पसललाई दुई लाख रुपैयाँ जरिबाना तिराउनुका साथै सञ्चालक दीपकराज थपलियालाई पक्राउ गरेर केहीबेर जनसेवा प्रहरीमा राखिएको थियो । पसलमा दुधबरी बिग्रिएको पाइएको, सरसफाइमा ध्यान नदिएको, कर्मचारीको बोलीवचन नराम्रो भएकोजस्ता समस्याहरू रहेको पाण्डेले बताउनुभयो । अबदेखि गुणस्तर कायम गर्ने, दुग्धजन्य वस्तुको तापक्रम कायम गर्ने र पसलबाट बनेर बजारमा गएका सामान फिर्ता ल्याएर नष्ट गर्ने सहमति गरी पसललाई जरिबाना गराइएको उहाँको भनाइ छ ।

    पसलका सञ्चालकले अबदेखि यस्तो नहुने वाचा गरेको र पुनः यस्तो भएमा हदैसम्मको कारबाही गरिने पाण्डेले बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs