
‘नाडा अटो शो’ घुमेका एक जना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरिएको छ ।
टिकट काटेर अटो शो अवलोकन गरेका एक जना ग्राहकलाई विद्युतीय स्कुटर उपहार दिने अयोजकको घोषणा अनुसार सोमबार लक्की ड्र गरेर विजेता छानिएको नाडाले जनाएको छ ।
उक्त टिकट नम्बरका ग्राहकलाई नाडाको सचिवालय टेकुमा सम्पर्क राख्न पनि आयोजकले भनेको छ । अटो शो अवलोकन गरेका ७६ हजार एक सय मध्येबाट गोलाप्रथा गरेर भाग्यशाली ग्राहक छानेको नाडाले जनाएको छ ।