बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता ६ महिना निलम्बित

  • कालिका खवर
  • सोमवार, अशोज १, २०८०
  • नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा एक नेतालाई निलम्बन गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

    साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।

    कैलालीको भजन नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए । उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs