चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

  • कालिका खवर
  • सोमवार, अशोज १, २०८०
  • चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ। चिनियाँ कम्युनिस्ट पार्टी, युनान प्रान्तका स्थायी समिति सदस्य जेङ यानको नेतृत्वमा ६ सदस्यीय टोली सोमबार काठमाडौं आइपुगेको हो। जेङ यान प्रान्तीय प्रचार विभागका प्रमुखसमेत हुन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल असोज ५ गते अमेरिकाको न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री दाहाल अहिले संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न न्युयोर्कमा छन्।

    चिनियाँ कम्युनिस्ट पार्टीको टोली चाइना एयरको जहाजबाट सोमबार विहान काठमाडौं आइपुगेको हो। टोलीमा वाङ यु, लाई योङ, वाङ थिङयाओ, फङ साओयून र थिएन रेनपाओ रहेका छन्।

    काठमाडौं आएलगत्तै सो टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँगभेट गरेको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच नेपाल र चीनबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। जेङ यान नेतृत्वको टोली पर्सी बुधबार राति सिंगापुर जानेछन्।

    केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका महासचिव शंकर पोखरेको नेतृत्वमा एक टोली चीन गएको थियो। उनीहरूले चीनका विभिन्न प्रान्त गई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs