आन्दाेलन स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई मन्त्रालयकाे आग्रह

  • कालिका खवर
  • सोमवार, अशोज १, २०८०
  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गर्दछ ।

    मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज साेमवार विज्ञप्ति निकालेर भाेलि मङ्गलवार दिउँसाे ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गर्नुभएकाे हाे । विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएकाे र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीकाे पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

    यही विधेयकलाई लिएर महासङ्घले पर्सि बुधवारदेखि विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs