अब सार्वजनिक सवारीको लागि छुट्टै लेन

  • कालिका खवर
  • मङ्लबार, अशोज २, २०८०
  • काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।

    हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन थालको हो।

    यही असोज ३ गते देखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौंको सडकमा रंग लगाउन थालेको हो।

    बिहान ९ बजे देखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एक तर्फी सडकमा पनि दुबै तर्फ बाट हिड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारीसाधनलाई लागु नहुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs