अर्घाखाँचीका डाक्टर तारा प्रसाद बन्जाडेलाई नेपाल विद्याभषूण ‘क’

  • कालिका खवर
  • मङ्लबार, अशोज २, २०८०
  • काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विद्याका लागि यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गर्न लागेको हो । सरकारले ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गर्न लागेको छ ।

    साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिँदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले प्रकाशन गरेको सुचीअनुसार चीनमा हाल प्राध्यापन गरिरहेका डाक्टर तारा प्रसाद बन्जाडेलाई नेपाल विद्याभषूण ‘क’ प्रदान गरिएकाे छ । उनलाई लाई सन् २०२० मा हार्विन इन्स्टिच्युट अफ टेक्नोलोजी चीनबाट गणित विषयमा विधावारिधि गरेका डाक्टर बन्जाडेलाई नेपाल विद्याभषूण ‘क’ प्रदान गरिएकाे हाे ।

    सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs