राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै

  • कालिका खवर
  • बुधबार, अशोज ३, २०८०
  • दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन । सेवा प्रभावकारी बन्दै गएको भन्दै सेवाग्राही खुसी भएका छन । युरो सर्जन डा प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएर यो सेवा शुरु गरेपछि प्रभावकारी बन्दै गएको हो । यस अघि यो खालको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

    रेग्मीले मिर्गोलामा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना बिरामीको सफल शल्यक्रिया गरिसकेकाे बताउनुभयो । युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाब सम्बन्धी सबै उपचार हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs