क्यानडामा रहेका आफ्ना विद्यार्थीलाई भारतले गरायो सतर्क

  • कालिका खवर
  • बुधबार, अशोज ३, २०८०
  • खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको छ ।

    मंगलबारसम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधबार एक अर्काविरुद्ध थप दबाब बनाएका छन् ।

    मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs