१९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलमा नेपाल र माल्दिभ्ससँगकाे खेलकाे पहिलाे हाफ सकिएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ सकिँदा नेपाल २ गाेलले अघि छ । नेपालका लागि प्रशान्त लक्समले १८ औँ र समिर तामाङले ३० औँ मिनेटमा गाेल गरे ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ । पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै २ खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।