एमाले बागमती अध्यक्षमा दाहाल र ढुंगेल भिड्ने निश्चित, इभिएम भाडामा ल्याइयो

  • कालिका खवर
  • सोमवार, अशोज ८, २०८०
  • एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै नयाँ नेतृत्व चयन हुने करिब निश्चित भएको छ।

    सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब दिए पनि प्रतिस्पर्धा नटर्ने भएको हो।

    लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतिमा पनि प्रतिस्पर्धा नै हुने बुझेपछि ओलीले चुनावमा गए पनि प्यानल बनाउन भने रोक लगाउने नीति लिएका छन्। ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। ‘अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं। स्वस्थ प्रतिष्पर्धा गर्नुहोस्, हारजित स्वीकार्नुहोस्,’ ओलीले अगाडि भने, ‘भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनीति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुुस्।’

    सर्वसम्मत नेतृत्व चयनको विषयमा कुराकानी भए पनि त्यसको संभावना निक्कै कम रहेको एक स्थायी कमिटी सदस्यले बताए। उनले भने, ‘अब चुनावमा जाने करिब निश्चित जस्तै भइसक्यो। सर्वसहमत गर्ने कोसिस हुन्छ। तर उम्मेदवारहरु त्यसका लागि तयार होलान् जस्तो लाग्दैन।’

    चुनावका लागि प्रदेश कमिटिले सोमबार नै इलोक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) भाडामा लिइसकको छ। नाम उल्लेख गर्न नचाहेका प्रदेश कमितिका एक पदाधिकारीले भने, ‘हामी पूर्ण रुपमा चुनावको तयारीमा छौँ। इभिएम भाडामा ल्याइसकेका छौँ।’

    भावी नेतृत्वका लागि मकावनपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका लागि हालका अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठलगायतले रुचि देखाए पनि दाहाल र ढुंगेल नै अन्तिमसम्म चुनावी मैदानमा टिक्ने गरी तयारीमा छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs