माइतीघरको सडकममा डाक्टरहरु

  • कालिका खवर
  • मङ्लबार, अशोज ९, २०८०
  • पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

    माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

    राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।

    ‘हामी स्वास्थ्यकर्मी दिनहुँ भौतिक आक्रमण, हातपात, तथा दुर्व्यवहार भोगिरहेका छौं । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन,’ डा. ओखेडाले अनलाइखबरसँग भने, ‘आज हामीले सचेतनामूलक र्‍याली गरेका हौं । हामी कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौं ।’

    उनीहरुले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs