मेलम्चीको पानी नागार्जुन नगर क्षेत्रमा बितरणको तयारी

  • कालिका खवर
  • मङ्लबार, अशोज ९, २०८०
  • काठमाडौं उपत्यकाको खानेपानीे समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण भएको मेलम्ची खानेपानी आयोजनाको पानी अब नागार्जुन नगरपालिका क्षेत्रमा पनि केयूकेल मार्फत वितरण गरिने भएको छ।

    नागार्जुन नगरपालिकाको स्युचाटारवासीको खानेपानीे समस्या दीर्घकालिन रुपमा समाधान गर्ने उदेश्यले मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं महानगरपालिका वडा नं. १४स्थित एलएरआई स्कुलको मुख्य गेट अगाडिबाट नगरको वडा नं.१०स्थित तारकेश्वर खानेपानीे रिजर्भ ट्याङ्की हुँदै वडा नम्वर ९स्थित खानेपानी टैंकीबाट नगरवासीलाई समेत वितरण गर्ने गरी पाईपलान विछ्याउने कार्यको शुरुवात गरिएको हो ।

    नगरवासीलाई घर घरमा शुद्ध पानी वितरण गर्ने उदेश्यले नगरप्रमुख मोहन बहादुर बस्नेतले सोमबार विशेष समारोहकाबीच खानेपानीको पाईपलाईन बिछ्याउने कार्यको शिलान्यास गरे।

    स्थानीय स्युचाटारवासीलाई पानीको आपूर्ती गर्नका लागि ८० लाख रुपैयाँ विनियोजन गराएकोमा टेण्डर आव्हान गर्दा करुणा विल्डर्स एण्ड सप्लायर्सले करिव ५३ लाख रुपैयाँमा ठेक्का पाएर दुई हजार २ सय मिटर पाईप बिछ्याउने कार्य गरिरहेको छ।

    मेलम्चीको खानेपानी महानगरबाट नागार्जुन नगरपालिका वडा नं १०, ९ साथै वडा नम्वर ७ को तल्लो बस्तीसम्म पुर्याउने उदेश्यले पाईपलाइन बिछ्याउने शिलान्यास कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रवन्धक ई.रमेश केसी, १० नम्वर वडाध्यक्ष सुन्दरबहादुर केसी, वडा नं ९ का वडाध्यक्ष रामकृष्ण भट्टराई, समाजसेवी रिता ढकालसहितको उपस्थिति थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs