अबदेखी एक सय रुपैयाँभन्दा ठुला दरका भारतीय नोट ब्यान्ड

  • कालिका खवर
  • बुधबार, अशोज १०, २०८०
  • अब नेपालमा एक सय भारतीय रुपैयाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ ।

    नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपैयाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ ।

    भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।

    भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ ।

    कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैङ्कले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs