आज भारतलाई जिते नेपालले जित्न सक्छ साफ च्याम्पियन

  • कालिका खवर
  • बुधबार, अशोज १०, २०८०
  • १९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यसअघि हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्तान खेल्नेछन् ।

    आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । यो प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो भने माल्दिभ्सलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । फाइनल खेल शनिवार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs