नेल्सन मण्डेलाकी नातिनीको निधन

  • कालिका खवर
  • बुधबार, अशोज १०, २०८०
  • नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

    ‘जोलेकाले सोमबार साँझ परिवार र साथीहरूको बिच अन्तिम श्वास लिइन्,’ उनको सामाजिक सञ्जाल इन्सटाग्राममा सेयर गरिएको सन्देशमा लेखिएको छ । यसअघि उनले सामाजिक सञ्जालमा क्यान्सरसँग आफ्नो लडाइँको बारेमा जानकारी दिएकी थिइन् ।

    नेल्सन मन्डेला फाउन्डेसनले पनि एक वक्तव्य जारी गर्दै जोलेकाको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सन् २०१० मा उनकी छोरी १३ वर्षीया जेनानीको कार दुर्घटनामा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs