अबदेखि आईपीओ भर्दा बैंक खातामा पर्याप्त रकम नभए तत्काल आवेदन रद्द हुने

  • कालिका खवर
  • बुधबार, अशोज १०, २०८०
  • अब धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भए/नभएको तत्काल जानकारी पाइने भएको छ । रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिने भएको हो ।

    नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को एपीआई कार्यविधि स्वीकृत गरेरसँगै अब सीडीएससीको एपीआई आस्वा सदस्यहरु बैंकहरुले जडान गर्न सक्ने भएका छन् । सी–आस्वा प्रणाली मार्फत आईपीओमा आवेदन दिएपनि त्यसको भेरिफाइ भएर बैंक खातामा भएको रकम रोक्का हुन समय लाग्ने अवस्था थियो ।

    सीडीएसीले बताएको कार्यविधि बोर्डबाट स्वीकृत भएर आएसँगै अब एपीआई मार्फत सि–आस्वा सदस्य मार्फत रियल टाइममा नै आईपीओमा आवेदन दिने आवेदकको बैंक खाताबाट रकम रोक्का गर्न मिल्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सूचना अधिकारी सुरेस न्यौपानले बताए । सीडीएससीले करिब एक वर्षअघि कार्यविधि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs