
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रमुख जिम्मेवार पार्टी जिम्मेवार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले देश र नागरिककाे हितको केही काम नगरेको आराेप लगाउनुभयाे ।
उहाँले कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको चर्चा गर्दै मध्यावधि चुनावतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोशी प्रदेशमा मध्यावधि चुनाव भएमा एमालेले बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।