जाडोको शिकारमा सुत्केरी महिला,एउटा पनि त्रीपाल नपाएर खुल्ला आकाशमुनी रात बिताउन बाध्यता भएको स्थानीयको गुनासो

  • कालिका खवर
  • बिहिबार, कार्तिक २३, २०८०
  • कर्णाली प्रदेश। २०८० कात्तिक १७ गते राती ११:४७ बजे कर्णाली प्रदेश अन्तर्गत जाजरकोट आसपास केन्द्रबिन्दु बनाइ ६.४ म्याग्निच्युडको बिनासकारी भुकम्पले जाजरकोट र रुकुम पश्चिम लगाएत सल्यान र दैलेखमा समेत ठूलो धनजनको क्षती भएको छ उक्त भुकम्पमा परि सयौले ज्यान गुमाएका छन भने हजारौ घाइते अबस्थामा देशका विभिन्न अस्पतालहरुमा उपचाररत छन।

    सरकारले राहत वितरणको लागि एक द्वार प्रणाली लागू गर्दा जनताले समयमा राहत नपाएर भोकभोकै खेतबारीमा जाडोले कठ्याङृदै रात कटाउनुपरेको गुनासो विभिन्न संचार माध्यमबाट आइरहेकाछन। तसर्थ यसै बिचमा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिका अनुसार केन्द्रबाट जाजरकोटका लागि गाडिका गाडी राहत सामग्री बोकेर आएका तर जहाँ आइपुग्नुपर्ने हो त्यहा नआएर बिचबाटै कता गुमनाम हुन्छ आफुहरुले यसको जानकारी नपाएको बताउदै भेरी नगरपालिका वडा नम्बर ६ र ७ मा अहिले सम्म एउटा पनि त्रीपाल र ब्लाङ्केट कहि कतैबाट पनि नआएको गुनासो गर्दै  चिसोको कारण सुत्केरी महिला र बालबालिका पनि असुरक्षीत रहेको र सुत्केरी महिलाले चिसोको कारण ज्यान सम्म गुमाउन सक्ने अबस्था सृजना हुन सक्ने बताउनुभएकोछ।

    सरकारले अहिले पुरै शक्ति जाजरकोट र रुकुम पश्चिम लगाएपनी जनताले समयमा राहत नपाएको र आफुहरु अझै पनि खुल्ला आकासमुनी जाडोको समस्या झेल्दै रातहरु बिताइरहेलो एकजना स्थानियले बताउनुभएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs