पहाडी भुभागमा आज सामान्य बर्षा

  • कालिका खवर
  • बुधबार, मंसिर १३, २०८०
  • काठमाडौं : कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

    दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार आज राति गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs