मापदण्ड नपुगेको नर्सिङ कलेज खुलाउन मन्त्री बस्नेतको चलखेल

  • कालिका खवर
  • बुधबार, मंसिर १३, २०८०
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनका लागि लबिङ तीव्र बनाएका छन् ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पनि ऐन संशोधन गरेको थियो । चिकित्सा शिक्षा आयोगको सहमतिविनै पठाइएको प्रस्ताव शिक्षा मन्त्रालयबाट कानुन मन्त्रालय पुगेको थियो, तर सरकार परिवर्तन भएपछि रोकियो ।

    २० वैशाख २०८० मा नेपाली कांग्रेसको कोटाबाट स्वास्थ्यमन्त्री बनेका बस्नेतले पछिल्लो समय फेरि लबिङ तीव्र बनाएका छन् । उनका अनुसार ऐन संशोधनका लागि मन्त्रिपरिषदमा छलफल पनि भइसकेको छ ।

    ‘ऐन संशोधन गम्भीर विषय हो भनेर प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री, शिक्षा मन्त्री, दुबै मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई राखेर छलफल गर्नुभएको छ’, बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री बस्नेतले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs