भूकम्प पीडितहरुलाई नेपाल दलित मुक्ति अभियानको राहत

  • कालिका खवर
  • शुक्रबार, मंसिर १५, २०८०
  • जाजरकोट । नेपाल दलित मुत्ती अभियानले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडितहरुलाई राहत प्रदान गरेको छ ।
    चिसोका कारण जनजीवनमा परेको असरलाई ध्यानमा राख्दै अभियानले खाद्यन्न, लत्ता कपडाका साथै, फाईबर सिरक प्रदान गरेको सचिव कमल विश्वकर्माले जानकारी दिनु भयो ।
    सचिव विश्वकर्माको नेतृत्वमा जाजरकोट पुगेको अभियानले भूकम्पबाट अति प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ र २ त्यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ९ र १४ मा राहत वितरण गरेको हो । जहाँ अति विपन्न दलित वस्तीहरु रहेको र सोही क्षेत्रमा राहत वितरण कार्यक्रम गरेको पनि सचिव विश्वकर्माले जानकारी दिनुभएको छ ।
    गत साता जाजरकोट र रुकुम पश्चिममा पुगेको अभियानको टोलीले अभियानद्धारा प्रदान गरिएको राहत सामग्री वास्तविक पीडितहरुको हातमा पुगेको दावी गरेको छ । राहत वितरण गर्नका लागि सचिव कमल विश्वकर्माको नेतृत्वमा प्रबत्ता के पी बाग्दाश, आर्थिक बिभाग प्रमुख किसन बिश्वकर्मासमेत पुगेका थिए । उक्त राहत वितरण कार्यक्रमलाई कर्णाली प्रदेश संयोजक निर्मला बस्याल , केन्द्रीय सदस्य एवम् स्थाननीय व्यक्ति दिपक परियार , पुर्ण बि. के., कल्पना परियारलगायतले सहजीकरण गर्नुभएको थियो ।
    राहत वितरण गरेर फर्किए पछि संक्षिप्त प्रतिक्रिया दिदै सचिव विश्वकर्माले भन्नु भयो ‘भूकम्पबाट सबैतिर समस्या भएको छ । तर, दलित वस्तीमा अरु धेरै समस्याहरु हामीले देखेर आयौं । राहतका नाममा करोडौं रकम उठ्ने र जुट्ने कामहरु भइरहेता पनि सम्बन्धित पीडितसम्म राहत नपुगेको हामीले प्रत्यक्ष देखेर आयौं । स्थानीयहरुले हामीलाई उचित राहत तथा उद्धारका लागि पहलकदमी गरिदिन आग्रहसमेत गर्नुभएको छ । हामी सकेको अरु सहयोग र समन्वय गर्ने वाचा दिएर फर्किएका छौं ।’
    अभियानले विगत चार वर्षदेखि दलित मुक्तिको अभियान सशक्त रुपमा चलाउदै आइरहेको छ ।

     

    No description available.No description available.

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs