एनिमलले पहिलो दिन भारतमा ६३ करोड ८० लाख गर्‍यो कलेक्सन

  • कालिका खवर
  • शनिबार, मंसिर १६, २०८०
  • काठमाडौं । बलिउड सिनेमा ‘एनिमल’ले पहिलो दिन भारतमा ६३ करोड ८० लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले भारतीय बजारबाट ६३ करोड ८० लाख कलेक्सन गरेको हो ।

    बलिउडमा यो सिनेमाको हिन्दी भर्सनले मात्रै शुक्रबार ५४ करोड ७५ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।

    साउथमा मात्रै यो सिनेमाले ९ करोड ५ लाख कलेक्सन गरेको छ ।

    सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’मा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs