युरो–२०२४ मा प्रयोग हुने बलबाट अफसाइड र ह्यान्डबलको निर्णय छिटो हुने दाबी

  • कालिका खवर
  • बुधबार, मंसिर २०, २०८०
  • काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए)ले युरो–२०२४ मा प्रयोग हुने बलबाट अफसाइड र ह्यान्डबलको निर्णय छिटो हुने दाबी गरेको छ ।

    ‘फुसबलिएबे’ प्रयोग भएको एडियासको बल प्रविधिले खेलका अधिकारीहरूलाई छिटो जानकारी पठाउने यूईएफले जनाएको छ ।
    “बलको प्रत्येक चालमा यो प्रविधिले असाधारणपूर्ण जानकारी राख्नेछ, जसले भिडियो सहायक रेफ्री (भार) निर्णय प्रक्रियामा योगदान पुर्‍याउँछ,” यूईएफएले उल्लेख गरेको छ ।

    यो प्रविधिअनुसार बलले शरीरमा छोएको जानकारी दिए पनि कहाँ छोएको भन्ने खुलाउँदैन । बलले शरीर छोएको जानकारी पाएपछि खेल अधिकारीहरूले क्यामेराको सहयोगमा तस्बिरहरू हेरेर ह्यान्डबल भए नभएको जानकारी दिन सक्नेछन् ।यस प्रविधिको प्रयोगले ह्यान्डबलको निर्णयमा लाग्ने समयमा कमी आउने र अफसाइड निर्णय अझ सटिक बन्ने दाबी यूईएफएको छ ।युरो–२०२४ आगामी वर्षको जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs