भारतीय आधार कार्ड बनाएर नेपालीलाई क्यासिनो खेलाउने गरेको आरोपमा तीनजना पक्राउ

  • कालिका खवर
  • बुधबार, मंसिर २०, २०८०
  • काठमाडौं । भारतीय आधार कार्ड बनाएर नेपाली नागरिकलाई क्यासिनो खेलाउने गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखा मेलुङका ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगाको रातोमाटेका ३९ वर्षीय नविन राई र रूपन्देहीको तिलोत्तमाका २५ वर्षीय विनोद न्यौपाने रहेका छन् ।

    उनीहरूले काठमाडौं उपत्यकाभित्र भएका क्यासिनोहरूमा प्रवेश गराएर खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाउने गरेको प्रहरीको भनाइ छ ।उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs