नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • काठमाण्डौ । नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । चितवनले अहिलेसम्म खेलेका तीन खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ ।

    ४ अङ्क जोडेको चितवन अङ्क तालिकामा पाचौँ स्थानमा छ । बुटवल लुम्बिनी भने छैठौँ स्थानमा छ । ३ अङ्क रहेको बुटवल लुम्बिनी तीन खेलमा एकमा जित र दुईमा पराजित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs