अमेरिकाको टेक्सास राज्यमा आमाबुवा र अन्य चारजनाको हत्या गर्ने पक्राउ

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

    ३४ वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशंका गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटनापछि सेनाबाट हटाइएको बताइएको छ ।

    मंगलबार सान एन्टोनियोबाट करिब ८० माइल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चारजना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताएअनुसार पक्राउ गर्ने क्रममा आरोपीले प्रहरीमाथि पनि गोली चलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs