अधिकारकर्मी कनक दीक्षितले फिर्ता गरिदिए म्याग्दी आक्रमणको ‘पोल’

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • काठमाडौं । पत्रकार तथा अधिकारकर्मी कनक दीक्षितले मदन पुरस्कार तथा यलमाया केन्द्र परिसरमा राखेको ‘छिया छिया’ परेको बिजुलीको पोल फिर्ता पठाइदिएका छन् । द्वन्द्वकालको अवशेष बेनीको खम्बा बेनी नै पुनरागमन भएको उनको प्रतिक्रिया थियो ।

    बेनी नगरपालिकाले संरक्षण र प्रदर्शनको योजनाका लागि तयारी गरेकाले उनले फिर्ता पठाइएको बताएका छन् । उनले २०६७ असोज २१ गतेदेखि आफूहरुले संरक्षण गरेर राखेको बताएका छन् । माओवादी द्वन्द्वकालमा भएको आक्रमणका बेला पोलमाथि लागेको गोलीले पोलमा जताजतै प्वाल परेको थियो ।द्वन्द्वकाल सकिएपछि कवाडीमा फाल्न लागिएको पोललाई ल्याएर आफूहरुले सुरक्षित राखेको र अहिले नगरपालिकाले नै चासो राखेपछि फिर्ता पठाइएको उनले बताए ।

    “द्वन्द्वकालको यो पोल बचाउनुपर्ने भनेको हामीले त्यसबेला सुन्यौँ,” उनले बाह्रखरीसँग भने, “जाँदा कवाडीमा बेच्न लागिएको थियो । मदन पुरस्कारका तर्फबाट अर्को पोल किनिदिएर यो बचाउन यहाँ ल्यायौँ ।”उनका अनुसार पछि आफूहरुलाई माओवादीले नै खम्बा चोर आरोप लगाएका थिए ।“खम्बा चोर भनेर बोली फुट्यो,” उनले भने, “त्यो खपेर बसियो । हाम्रो चाहना पोल सुरक्षित हुनुप¥यो । द्वन्द्वकाल सम्झाउने काम गर्छ । बन्दुकले छिया छिया पारेको देखियो ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs