चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी खेलेका छन् ।

    आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवलले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडे । दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे । खेलकाे ४८ औँ मिनेटमा उत्सव राईले गाेल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलकाे ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनाेङले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए ।एनएसएलमा भाेलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुकी ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs